सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२०७९ बैशाख ६, मंगलवार २०:४५ गते २०७९ बैशाख ६, मंगलवार २०:४५ गते २०७९ बैशाख ६, मंगलवार २०:४५ गते

काठमाडौं, ६ वैशाख
रौतहट, राजपुर नगरपालिका-३ अजाद चोकमा बिआर ०५ जे ३७३९ नम्बरको
मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गौर नगरपालिका-
८ पुरेन्वा दरबार बस्ने ३० वर्षीय अली महमदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको सरकारी अस्पाताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार
भइरहेको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका-७ स्थित सडकमा हाल नम्बर नखुलेको
मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीया धनमायाँ घिमिरेको
सोमबार दिउँसो मृत्यु भएको छ । मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-२२ बसबिट्टी कलभटस्थित सडकमा ज.१ प
७४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा
मोटरसाइकल चालक सोही उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय मिश्री साहको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा
उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार
२० वर्षीय कृष्ण दासको सोही अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *