डुबेर मृत्यु

२०७९ बैशाख ६, मंगलवार २०:५२ गते २०७९ बैशाख ६, मंगलवार २०:५२ गते २०७९ बैशाख ६, मंगलवार २०:५२ गते

काठमाडौं, ६ वैशाख
अछाम, पन्चदेवल बिनायक नगरपालिका-८ भात्खेत बस्ने गोपाल जैशीको छोरा ६
वर्षीय अभिषेक जैशीको कर्णाली नदीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ
बस्ने राम प्रसाद जैशीको छोरा ११ वर्षीय बिराज जैशी र अभिषेक उक्त नदीमा पौडी खेल्ने
क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट बारलाबाट
खटिएको प्रहरीले खोजी गर्ने क्रममा अभिषेक जैशीको शव फेला परेको हो । हाल बेपत्ता
बिराजको खोजी भइरहेको छ ।

बाँके, कोहलपुर नगरपालिका-६ रझेना बस्ने राज कुमार थारुको छोरा ९ वर्षीय रेसप
थारुको सोही ठाउँस्थित सिक्टा सिचाई नहरमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । उक्त
नहरमा साथीहरुसँग नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा
उपचारको क्रममा मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका-२१ बस्ने २१ वर्षीय साकार न्यौपानेको तनहुँ
देवघाट गाउँपालिकास्थित काली नदी र त्रिशुली नदीको दोभानमा पौडी खेल्ने क्रममा डुबेर
सोमबार दिउँसो मृत्यु भएको छ । पोडौ खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी
कार्यालय नारायणगढ र विपद् व्यवस्थापन समेतको प्रहरी टोलीको सहयोगमा खोजी गर्ने
क्रममा भरतपुर महानगरपालिका-१८ गाँजिपुरस्थित नारायणी नदीको किनारमा शव फेला
परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *