शरिरमा लुगै नलगाई नाङ्गै हिंड्न थाल्यौं – आर के त्रिपाठी

२०७९ बैशाख ६, मंगलवार २१:३१ गते २०७९ बैशाख ६, मंगलवार २१:३१ गते २०७९ बैशाख ६, मंगलवार २१:३१ गते

आर के त्रिपाठी -लण्डन – लुगा लगाएर हिड्नै पर्छ भन्ने कानुन संसारमा कहि बनेको छैन तर हामी लगाएर हिँड्छौं । लुगा नलगाई नाङ्गै हिंडे पनि जेल हाल्ने कानुन बनेको छैन।मन लागे नाङ्गै हिडे पनि हुन्छ जेल जानु पर्दैन।नाङै हिड्ने नहिड्ने तपाईको विवेकको निर्णय ! हामी मानब एक परापूर्व काल,हजारौं बर्ष देखि चालि आएको परिपाटी रिती,रिवाज,संस्कार मान्यतामा चल्दै आएका छौं।

यि कुनै पनि मान्दिन भन्दै हामी नाङ्गै हिंडे पनि जेल त हाल्न सकिन्न तर यि मान्यता बिपरित गरिएका संस्कार विरुद्ध गई नाङ्गो हिडेको मानिसको शरिर हेर्ने नसकेर कि त पर पर भाग्ने वा आँखा चिम्लने बाहेक के गर्न सकिन्छ र?सदियौं,हजारौं बर्ष अघिको ढुङ्गे युग मा जंगली मानबले पनि शरिरको केहि प्राइभेट भाग छोप्थे वा नदेखिने गरी लुकाउँथे तर यहाँ हामी NRNA मा शरिरमा लुगै नलगाई नाङ्गै हिंड्न थाल्यौं।अब भयो NRNA।

कृपया फुकालेको लुगा पुःन लगाई भएको क्षती त पूरा गर्न लागी पर्नोस।पद लिनु भयो फोन उद्‌दैन । जिम्मेवारी लिनु भयो तर NRNA मुद्दामा अब त गम्भीर बन्नोस।राम राम कस्तो NRNA मा समय बितायछु मैले बिगत १२ बर्ष ?कृपया अब त लाज छोप्न पनि NRN हितको लागी जल्दा बल्दा कार्यक्रम लिई NRN का घर दैलोमा हिड्नोस न ?लाज त लाग्न पर्ने हो हजुर ?के हो तपाई हरु?अब पनि नाङ्गै हिड्ने हो ?भएको वा गरिएको क्षती अब पुरा गर्न नलाग्ने ? राम राम खादा माला मै जिवन जाने भयो हामी NRNA को।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *