काठमाडौं,७ वैशाख
सिन्धुली, कमलामाई नगरपालिका-४ हिरापानीबाट अवैध रुपमा ल्याउँदै गरेको
बिल नभएको करिब ६ लाख ८४ हजार रुपैयाँ बराबरको रजनीगन्धा सहित खोटाङ नेर्पा
गाउँपालिका-६ बस्ने ३४ वर्षीय नवराज राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ
। गाईघाटबाट काठमाडौंतर्फ जादै गरेको लु.अ.अ.भ.१८४७ नम्बरको ट्रकलाई हिरापानी
चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त रजनीगन्धा सहित फेला
पारी गाडी चालक राईलाई पक्राउ गरेको हो । उक्त रजनीगन्धा, गाडी र चालकलाई
आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाईएको छ ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-७ ज्यामिरेबाट करिब १० लाख २७
हजार ६ सय रुपैयाँ बराबरको विभिन्न ईलेक्ट्रोनिक्स तथा हार्डवेयरका सामानहरू मंगलबार
दिउँसो प्रहरीले बरामद गरेको छ । नेपालगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-
००६ ख ०७७९ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट ज्यामिरेबाट खटिएको प्रहरीले जाँच
गर्ने क्रममा बसको डिक्कीमा लुकाई ल्याएको उक्त सामान फेला पारी बरामद गरेको हो । उक्त
सामानहरू भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।
सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट अवैध रुपमा ल्याउँदै गरेको १
सय ३७ तोला बराबरको चाँदीको गरगहना सहित भारत मधुवनी पोष्ट रोगनीदेहहट टोल
बस्ने २१ वर्षीय चन्दन कामतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट
नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले जाँच गर्ने
क्रममा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको उक्त गहना फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0