सुनसरी, ७ वैशाख – लागूऔषध मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१९ बस्ने ३६ वर्षीय
सुरज भन्ने सरोज राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा उच्च अदालत बिराटनगरको २०७३ भादौ ५ गतेको फैसलाले १
वर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना ठहर भई फरार रहेका उनलाई १
नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकीछिपी
बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान
गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0