काठमाडौं, ८ वैशाख – काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको
कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र पहेलो रङको १ थान धातु लगायत
बिभिन्न सामानहरू बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
तामाङको कोठा खाली गर्न प्रहरी तथा काठमाडौं महानगरपालिकाको प्रतिनिधि
समेतको खटिएको टोलीले रीतपूर्वक कोठाको ढोका खोली कोठाभित्र जाँच गर्दा उक्त
सामानहरू फेला पारी बरामद गरेको हो । उनको कोठाबाट नेपाली सेनाको जर्सी हरियो १
थान, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको १ थान, केशव बहादुर धानुकको नामको
राहदानी १ थान, मोबाइल ४ थान, छाप १ थान, बिभिन्न्न ब्यक्तिका नामको चेकहरू,
बिभिन्न ब्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली १ थान र अन्य
कागजातहरु बरामद भएको छ ।
प्रारम्भिक रुपमा सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त
पहेलो धातु नक्कली सुन भएको भनी प्रतिवेदन गरेको तथा उक्त पहेलो धातुलाई थप
परीक्षणको लागि सुन-चाँदी व्यवसायी महासंघमा पठाइएको छ ।
बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त
नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।
Views: 0