काठमाडौं, ८ वैशाख
नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-१३ धनेवास्थित पुलमा यूपी ५३ सिएल
३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटनामा हुँदा
चालक भारत घर भएका ५३ वर्षीय रबिन्द्र नाथ पाठकको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको
क्रममा मृत्यु भएको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-७ गौरीपारास्थित सडकमा हाल नम्बर नखुलेको
ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने लक्ष्मी नारायण यादबकी छोरी १ वर्षीया शिवानीजी
यादबको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
चितवन, रत्ननगर नगरपालिका-९ भानुचोकस्थित सडकमा बीआर ०६ जीडी
८६७२ नम्बरको ट्रकले साईकललाई बुधबार दिउँसो ठक्कर दिँदा साईकलमा सवार रत्ननगर
नगरपालिका-१० बस्ने राम बहादुर परियारको छोरा ६ वर्षीय प्रिन्स परियारको मृत्यु
भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज
भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साइकल चालक घाइते भएका छन् ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, सियारी गाउँपालिका-२ कुट्टास्थित सडकमा एलएल ०१ एल ९७५८
नम्बरको लहरीमा लु.७४ प ४४७९ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना
हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही सियारी
गाउँपालिका-२ बस्ने २५ वर्षीय राम निवास वेलदार र सोही ठाउँ बस्ने ५० वर्षीय रामायण
पासी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरु दुवै जनाको भीम अस्पताल
भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार लहरी चालकको प्रहरीले खोजी
गरिरहेको छ ।
सुनसरी, रामधुनी नगरपालिका-२ स्थित सडकमा को.१७ प ३२४५ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई हसनपुर नहरको पुलबाट नहरमा खस्दा मोटरसाइकल
चालक सोही नगरपालिका-८ बस्ने ४३ वर्षीय धुर्ब कुमार चौधरीको बुधबार साँझ मृत्यु
भएको छ । उक्त पुलबाट मोटरसाइकल खसी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका
प्रहरी कार्यालय पकली र अस्थाई प्रहरी पोष्ट पोष्ट झुम्काबाट खटिएको प्रहरीले खोजी गर्ने
क्रममा उक्त मोटरसाइकल र उनको शव फेला पारेको हो । शव निकाल्न ढिलो भएको
विषयमा स्थानीयबासीहरूले बा.२ झ १९०८ नम्बरको गाडी तोडफोड गर्नुका साथै ड्युटीमा
खटिएको प्रहरीलाई समेत हातपात गरेपछि हातपातमा संलग्न २ जनालाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0