नुवाकोटको बेलकोटगढी नगरपालिकामा जगत लामा नै किन ?

२०७९ बैशाख ८, बिहीबार २१:३० गते २०७९ बैशाख ८, बिहीबार २१:३० गते २०७९ बैशाख ८, बिहीबार २१:३० गते

बैशाख ८,काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा यतिबेला स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने बेलकोटगढीमा सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनले विदुरको नगरप्रमुखमा कांग्रेसलाई र बेलकोटगढीमा माओवादी केन्द्रले पाउने सहमती गरेको छ ।


यसैबीच बेलकोटगढीमा माओवादी केन्द्रबाट आधा दर्जनले मेयरको लागी दावी गरिरहेका छन् । यसभन्दा अघि पनि नगरप्रमुखको उम्मेदवार रहेका जगत लामाको चर्चा रहेको छ । स्थानीयले समेत साझा व्यक्तिको रुपमा जगत लामालाई बुझेका छन् । नगरवासीले विगतमा गल्ती गरेर लामालाई जिताउन नसक्नु कमजोरी रहेको भन्दै यतिखेर पार्टीभन्दा माथी उठेर लामालाई जिताउन अघि सर्ने बताउछन् । उनलाई जिताउन पर्ने कारणसहित यतिबेला सामाजिक सञ्जाल र टोल तातेको अवस्था छ ।
बेलकोटगढीलाई कस्तो बनाउने,यहाँको जनतालाई कसरी सम्मृद्ध बनाउने, विकासका पुर्वाधार कसरी अघि बढाउने ? राज्य स्रोतबाट मात्रै नभइ दातृ निकायलाई समेत साथमा लिएर स्वदेशी र विदेशी लगानी भित्र्याएर नमुना बेलकोटगढी नगरपालिका बनाउने भिजन,मिसन र दृढ संकल्प जगत लामासंग रहेको छ । यी निम्नलिखित कारण लामालाई उम्मेद्धार बनाई नगरप्रमुखमा जिताउन आवश्यक छ ।

१. समाजवादी क्रान्तिका लागी युवा ,श्रमजीवी बेलकोटगढी नगरपालिकाबासी जनतालाइ उत्प्रेरित गर्न जगत।
२. बेलकोटगढी नगर उर्बरभुमि भएकोले विशेष कृषि क्रान्तिमा अग्रगामी छलाङ मार्न जगत।
३. एक घर, एक युवा रोजगारीको सिर्जना गर्न जगत।
३ कसैले हस्पिटलमा उपचार नपाउदा जगत ।
४. आपतमा पहिलो सम्झिने नाम जगत ।
५. कोहि गरिबीले विद्यालय जान नपाउदा सहयोगी जगत ।
६. बेलकोटगढीमा भ्रस्टाचार ,बेथितिलाइ परास्त गर्न सक्ने जगत ।
७. हर समस्या गुनासो सामाना गर्न ,माओवादीलाई बेलकोटगढीमा अझै माओवादीमय बनाउन जगत ।
८. नेतादेखि कार्यकर्तासम्म हरसाथ सहयोगमा जगत ।
९. जनताको घर–घरमा खोजिने नाम जगत ।
१० स्कुल–स्कुलमा जगत ।
११. टोल–टोलमा खोजिने जगत ।
१२. हर समस्यामा पर्ने दुखी ,गरिब ,दलित ,जनजातिले खोज्ने जगत ।
१३. आज बेलकोटगढीमा माओवादीलाई यो स्थानमा पुर्याउने ,विशेष युवाहरुबीच माओवादी पार्टीप्रति आकर्षक बढाउने जगत ।
आजसम्म जगत लामाले आफु रित्तिएर या सकिएर पनि माओवादीलार्इ यत्तिको स्थानमा पुर्याउनु ठुलो योगदान त छदैछ । जगत लामाले बेलकोटगढीमा आफ्नो उचाइ भन्दापनि माओवादी केन्द्रलाई अग्लो उचाइमा पुर्याउनुमा महत्वपूर्ण भुमिका छ भन्दा दुईमत नै छैन। आजसम्म जगत लामाले माओवादी पार्टीभन्दा आफुलाइ चिनाएको हामीले सुनेको र देखेको छैनौ।
त्यसैले सबैको प्रिय दलित ,जनजाति ,गरिब,किसान् उत्पीडनमा परेको सबैको न्याएको लागि लड्ने जगत लामालाई पार्टी नेतृत्वले न्याय दिनपर्छ।
त्यसैले बेलकोटगढी नगरको नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा जगत लामालाई उम्मेदवार बनाउनुपर्छ अनि बेलकोटगढीमा जगत लामा बाहेक विकल्प छैन ।
–एकपटक जगत लामालाई विजयी गराएर हेरौँ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *