बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ बैशाख ८, बिहीबार २२:२७ गते २०७९ बैशाख ८, बिहीबार २२:२७ गते २०७९ बैशाख ८, बिहीबार २२:२७ गते

काठमाडौं, ८ वैशाख – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कागेश्‍वरी मनहरा नगरपालिका-९ गोठाटार बस्ने
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-४ स्थायी वतन भएका ४२ वर्षीय वीरेन्द्र कुमार
गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २३ गतेको फैसलाले ४ दिन कैद, ७
लाख ९१ हजार रुपैयाँ जरिवाना र ३१ हजार ६ सय ६० रुपैयाँ क्षतिपूर्ति तोकिई फरार रहेका
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले
गोठाटारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *