अक्सिजन सिलिण्डर विष्फोट हुँदा २ जनाको मृत्यु

२०७९ बैशाख ८, बिहीबार २२:३२ गते २०७९ बैशाख ८, बिहीबार २२:३२ गते २०७९ बैशाख ८, बिहीबार २२:३२ गते

ललितपुर, ८ वैशाख – ललितपुर महानगरपालिका-६ स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सागरमाथा
अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिण्डर बिहीबार बिहान
विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा उक्त प्लान्टमा काम गर्ने भारत पश्चिम चम्पारम रतनपुरुवा गाउँ घर
भएका ४५ वर्षीय बृज महतो र ललितपुर महानगरपालिका-१८ बस्ने भारत घर भएका २५
वर्षीय राज कुमार महतो रहेका छन् । बृज महतोको घटनास्थलमै र राज कुमारको पाटन
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त घटनामा घाइते भएका अन्य ६ जना
पाटन अस्पताल र ग्वार्खोस्थित बि एन्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
घटनास्थलमा तत्काल प्रहरी टोली पुगी उद्धार कार्य गर्नुका साथै घटना सम्बन्धमा थप
अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *