अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ

२०७९ बैशाख ८, बिहीबार २२:४३ गते २०७९ बैशाख ८, बिहीबार २२:४३ गते २०७९ बैशाख ८, बिहीबार २२:४३ गते

काठमाडौं, ८ वैशाख
सिरहा, कल्याणपुर नगरपालिका-१ अर्नमा नहरबाट करिब १ किलो अवैध लागूऔषध
गाँजा सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर
गाउँपालिका-१ गौरीपुर बस्ने २१ वर्षीय मुकेश यादव र सोही गाउँपालिका-३ बस्ने ६० वर्षीय
जागेश्वर मण्डल रहेका छन् । स.११ प १९१० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी
कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार
उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, राप्ती गाउँपालिका-९ कोईराली घुम्तीस्थित सडकबाट करिब ४ किलो ५ सय ९४
ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-२ कुमाल गौरी बस्ने ३७ वर्षीय सविल मिँया र
राप्ती गाउँपालिका-९ भोजखोला बस्ने ४५ वर्षीय शिव मोहमद मिँया रहेका छन् । देविकोटबाट
मौरीघाटतर्फ आउँदै गरेको रा.३ प ८३५ नम्बरको मोटरसाइककललाई ईलाका प्रहरी कार्यालय
भालुबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त
लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *