मृत अवस्थामा फेला

२०७९ बैशाख ८, बिहीबार २३:०३ गते २०७९ बैशाख ८, बिहीबार २३:०३ गते २०७९ बैशाख ८, बिहीबार २३:०३ गते

काठमाडौं, ८ वैशाख
कैलाली, धनगढी उपमहानगरपालिका-६ जालि चोकस्थित गोलघरमा सोही
उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने ३० वर्षीय मनोज जोशी बिहीबार मृत अवस्थामा
फेला परेका छन् । उनको शव नजिकै सु.प.प्र.०१-०-१०प २५०८ नम्बरको मोटरसाइकल समेत
पार्किङ गरी राखेको अवस्थामा फेला परेको छ ।

सल्यान, शारदा नगरपालिका-११ हिउल्चा घर भई हाल सोही नगरपालिका-१
श्रीनगरस्थित चाँदे होटलका संचालक ३४ वर्षीय प्रेमराज गिरी शारदा नगरपालिका-१२ स्थित
सामुदायिक वनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । होटलबाट मंगलबार बिहान
कागती किन्न जान्छु भनि हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव
फेला परेको हो ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० भञ्ज्याङ बस्ने ५२ वर्षीया पम्फा कार्की
घरबाट ६ सय मिटर टाढा बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका-६ पच्चिसकिलोस्थित चरङेखोलाको किनारामा
सोही ठाउँ बस्ने ८५ वर्षीय बिल बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-९ जनएकता चोकस्थित प्लाई फ्याक्ट्रीमा काम गर्ने
भारत पुरनिया थाना बस्ने ४० वर्षीय राजेश कुमार महतो आफू सुत्ने कोठामै बिहीबार मृत
अवस्थामा फेला परेका छन् ।

बर्दिया, राजापुर नगरपालिका-६ बिक्रमपुर बस्ने २६ वर्षीय गोपाल थारु सोही
नगरपालिका-५ कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घरबाट बुधबार बेलुकी गाउँतर्फ गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त कुलोको
पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो ।

म्याग्दी, धवलागिरि गाउँपालिका-४ मुदि थाम्लामा हाल नाम, थर, वतन नखुलेका
पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *