काठमाडौं, ९ वैशाख – काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको
छाला जस्तो देखिने वस्तु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको
छ ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ
दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका
छन् । रेडपाण्डाको छाला बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त
दरवारमार्गबाट खटिएको प्रहरीले उक्त होटलको कोठामा जाँच गर्ने क्रममा उक्त वस्तु सहित
फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0