लाजिम्पाटमा सञ्चालनमा आयो ‘अङ्कल पेपे हाउस’ होटल

२०७९ बैशाख ११, आईतवार २१:१९ गते २०७९ बैशाख ११, आईतवार २१:१९ गते २०७९ बैशाख ११, आईतवार २१:१९ गते

काठमाडौँ, ११ वैशाख । काठमाडौँको लाजिम्पाटमा सञ्चालित कोथिना मिठो छ होटल तालिम केन्द्रको संयोजनमा ‘अङ्कल पेपे हाउस’ सञ्चालनमा आएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २ लाजिम्पाटस्थित शिव गल्लीमा सञ्चालनमा आएको उक्त हाउसको शुक्रबार स्पेनिस नागरिक पेपे ओरिओला र कोथिना मिठो छ होटल तालिम केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

कोथिना मिठो छ होटल तालिम केन्द्रको संयोजन तथा स्पेनिस नागरिक पेपे ओरिओलाको आर्थिक सहयोगमा सञ्चालनमा आएको उक्त होटलबाट आम्दानी भएको रकमले आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई होटल सम्बन्धि तालिम प्रदान गर्नुका साथै उनीहरुलाई आयआर्जनको बाटोमा जोड्ने होटल तालिम केन्द्रका सिईओ पोखरेलले बताउनुभयो ।

स्पेनमा लामो समय वकालत पेशामा सङ्लग्नसमेत रहेका ओरिओलाले उक्त होटलबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ५० जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने र तालिममा उत्कृष्ट विद्यार्थीमध्ये प्रत्येक वर्ष तीन जनालाई स्पेनमा निःशुल्क प्रयोगात्मक अध्ययनमा सामेल गराउने घोषणा गर्नुभयो ।

लाजिम्पाटमा सञ्चालित कोथिना मिठो छ होटल तालिम केन्द्रले हालसम्म देशभरका तीन हजारभन्दा बढी विद्यार्थीलाई होटल तालिम प्रदान गरिसकेको छ ।

हाल कोथिना मिठो छ होटल तालिम केन्द्रले फाउण्ड परियोजनाको सहकार्यमा ३० जनाभन्दा बढी बहिरा युवाहरुलाई होटलसम्बन्धि तालिम दिई विभिन्न होटलहरुमा रोजगार प्रदान गर्नका लागि काम गर्दै आएको छ । केन्द्रका सिईओ पोखरेलले बहिरा विद्यार्थीलाई काम गर्ने अवसर प्रदान गर्न विभिन्न होटल तथा रेष्टुरेन्टलाई आग्रह गर्नुभयो । बहिरा विद्यार्थीलाई रोजगार प्रदान गरि सामाजिक उत्तरदायित्व बहन गर्न होटल तथा रेष्टुरेन्टलाई अनुरोध गर्नुभयो ।

फाउण्ड परियोजनाले शारिरिक रुपमा अपाङ्ग भएका व्यक्तिलाई विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरी अन्य नागरिकसरह उहाँहरुको काम गर्ने अधिकार सुनिश्चित गर्नका लागि आवश्यक पर्ने नीति निर्माणका लागि सम्बन्धित क्षेत्रलाई सुझाव प्रदान गर्दे आएको परियोजनाका निर्देशक चिरञ्जीवी शर्माले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *