काठमाडौं, १० वैशाख
सप्तरी, राजगढ गाउँपालिका-५ मलेकपुरस्थित सडकमा प्र.१-०२४१ प २२९६
नम्बरको मोटरसाइकल र प्र.१-०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा
ठोक्कर खाई गएराति दुर्घटना हुँदा दुवै मोटरसाइकल सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु
हुनेहरूमा हनुमाननगर कंकालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँ
बस्ने २६ वर्षीय संदिप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादव रहेका छन् । दुर्घटनामा
गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको
क्रममा मृत्यु भएको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ आईतवारेस्थित सडकमा को.२ त २८३२
नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री रतुवामाई नगरपालिका-२ ईटहरा बस्ने ४२ वर्षीय
दिनेश भण्डारीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलवारे उर्लावारीमा थप उपचारको क्रममा मृत्यु
भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेख, आठबिस नगरपालिका-९ पत्थर गाडे भन्ने स्थानमा क.प्र.२-०३-००१ त
४९५९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको चक्काले किच्दा सोही ठाउँ बस्ने बल बहादुर
बिकको छोरा १३ वर्षीय तपेन्द्र बहादुर बिकको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै
मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0