चोरी कार्यमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

२०७९ बैशाख ११, आईतवार २१:३६ गते २०७९ बैशाख ११, आईतवार २१:३६ गते २०७९ बैशाख ११, आईतवार २१:३६ गते

काठमाडौं, १० वैशाख – काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा
संलग्न रहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका १८ वर्षीय किशोर
सहित ५ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार १ जना किशोरलाई चोरी भएको
१ थान स्कुटर सहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न
स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुल्न आएपछि बिहीबार काठमाडौं
महानगरपालिका-१५ चौमतीस्थित सडकबाट चोरी भएका अन्य ७ थान स्कुटर सहित चोरी
कार्यमा संलग्न ती किशोरहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद
थप अनुमति लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *