काठमाडौं, ११ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क
गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर
शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा
छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद
गरेको हो ।
बरामद डलर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन
पुल्चोक ललितपुर पठाइएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0