काठमाडौं, १२ वैशाख – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटारस्थित सोही नगरपालिका-६ बस्ने
राजन प्रजापतीको ग्रीन सि ट्रेडिङ एण्ड राजन ग्रुपको हार्डवेयर गोदाममा आइतबार बेलुकी
आगलागी हुँदा करिब ७ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-३ बल्खु मलपोखरी अफनडोलस्थित निशु
फर्निचर उद्योगमा गएराति आगलागी हुँदा उक्त फर्निचर उद्योग, सोही ठाउँस्थित दिपेन्द्र
मिश्रको मोटर पार्टस रहेको सत्यदेवी इन्टरनेशनल प्रालि र पुष्प नेपालीको इमानुयल
फर्निचर उद्योग समेत जलेर करिब ६ करोड ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको
छ ।
तेह्रथुम, आठराई गाउँपालिका-७ थोक्लुङ बस्ने ३८ वर्षीय दल बहादुर रसाईलीको
घरमा आइतबार दिउँसो आगलागी हुँदा घर, ग्वाली घर र मतान जलेर करिब १३ लाख
रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङ, राजपुर गाउँपालिका-७ गन्धेला नाकास्थित जंगलमा आइतबार दिउँसो
आगलागी हुँदा सोही ठाउँ बस्ने राम बहादुर विक लगायत ५ जनाको घर तथा गोठमा
फैलिएर करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ सल्लेनीस्थितमा जोरमाटार सामुदायिक
वनमा आइतबार दिउँसो आगलागी हुँदा आगो स्थानीय सल्लेनी गाउँमा समेत फैलिएर ५
जनाको घर, गोठ लगायत जलेर करिब १० लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट
भएको छ ।
दोलखा, शैलुङ गाउँपालिका-८ मनगाउँ बस्ने ४५ वर्षीय चन्द्र बहादुर श्रेष्ठको घरमा
आइतबार बेलुकी आगलागी हुँदा आगो गोठमा समेत फैलिई घर, गोठ, ९ वटा खसी बाख्रा र
१ वटा भैंसी जलेर जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पा, माडी गाउँपालिका-५ चरिकोट बस्ने ७० वर्षीय प्रक्ष खत्रीको घरमा
बिजुलीको तार सर्ट भई आइतबार राति आगलागी हुँदा घर, घरमा पालेका बोईलर कुखुरा,
माहुरीको घार, लत्ताकपडा, भाडावर्तन, अन्नपात लगायत जलेर करिब ८ लाख रुपैयाँ
बराबरको धनमाल नष्ट भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, दमकल, ट्याङ्कर तथा
स्थानीयवासीहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आवश्यक उद्धार एवं
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0