जीतपुर सिमरा प्रमुखमा ठुला दलसहित १२ जनाको उम्मेदवारी

२०७९ बैशाख १३, मंगलवार २२:४२ गते २०७९ बैशाख १३, मंगलवार २२:४२ गते २०७९ बैशाख १३, मंगलवार २२:४२ गते

बारा – जीतपुर सिमरा उपमहानगर प्रमुखमा गठबन्धन सहित ठुला–साना दलवाट १२ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । सोमवार करिव ९ बजेसम्मको तथ्याकं अनुसार उपमहानगर प्रमुखमा १२,उपप्रमुखमा १२ सहित १ सय ८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टिकामणी न्यौपानेले जनाएका छन् ।उपमहानगर प्रमुखमा गठबन्धनको तर्फवाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली कांग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फवाट प्रमुखमा सरस्वती चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दिएका छन् । चौधरी जीतपुर सिमरा उपमहानगरकी निर्वतमान उपप्रमुख हुन् भने अधिकारी २०७४ को निर्वाचनमा उपमहानगरको वडा नं २ का वडासदस्यमा पराजित उम्मेदवार हुन् । गठबन्धन र एमाले बाहेक लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) वाट संजय साह, जनता समाजवादी पार्टी (जसपा) वाट सोहन शर्मा लगायतले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । अन्य केही उम्मेदवारीले भने स्वतन्त्रवाट उम्मेदवारी दिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । बिहान करिव १२ बजेदेखि छिटफुट रुपमा शुरु भएको उम्मेदवारी दर्ता दिउँसो ४ बजेपछि भिड ह्रवातै बढेको थियो । उम्मेदवारी दर्ताको काम मध्यरातसम्म चल्ने निर्वाचन अधिकृत न्यौपानेले जनाएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *