छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

२०७९ बैशाख १३, मंगलवार २२:५२ गते २०७९ बैशाख १३, मंगलवार २२:५२ गते २०७९ बैशाख १३, मंगलवार २२:५२ गते

काठमाडौं, १३ वैशाख
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुली टोलस्थित सडकमा रोकी रहेको ना.२
ख ८६२४ नम्बरको ट्रकमा लु.८३ प ८६५१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार
बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३ जना पुरूषको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु
भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

भक्तपुर, मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा बा.४ ख ८५८१
नम्बरको टिपर र बा. प्र ०२-०२३ प ७७६९ नम्बरको स्कुटर एकआपसमा ठोक्कर खाई
गएराति दुर्घटना हुँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँ बस्ने
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको
मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको
क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही
अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-८ छेँडास्थित सडकमा लु.११ प ८६३९
नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही
नगरपालिका-२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेलको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको
हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुला, शैल्यशिखर नगरपालिका-२ स्थित सडकमा ना.५ ख १८०८ नम्बरको बसले
किच्दा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडीको सोमबार दिउँसो
घट्नास्थलमै मृत्यु भएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ । सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति
भएको छ ।

सर्लाही, बसवरिया गाउँपालिका-४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६
नम्बरको डिजे रथको ठक्करबाट सोही ठाउँस्थित मामा घर बस्ने गोडैता नगरपालिका-११
सिसौटिया घर भएकी प्रेमलाल पंडितकी छोरी ७ वर्षीया लक्ष्मीनिया पंडितको सोमबार
साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानिय
मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रथ चालकको प्रहरीले
खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *