भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

२०७९ बैशाख १३, मंगलवार २२:५५ गते २०७९ बैशाख १३, मंगलवार २२:५५ गते २०७९ बैशाख १३, मंगलवार २२:५५ गते

सिरहा, १३ वैशाख – लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २
जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना
सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका-९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र
सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय

लहानबाट खटिएको प्रहरीले उक्त होटल एण्ड लज तलासी गर्दा उनीहरूको साथबाट उक्त
परिमाणको चाँदीका गर-गहनाहरु फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि
आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *