सिन्धुपाल्चोक । देशैभरी गठबन्धनको चर्चा चलिरहेको बेला सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा भने नेपाली काँग्रेस संग गठबन्धन नगरीकनै आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
केहि संख्यामा नेकपा ( एकिकृत समाजवादी ) लाई भाग दिएर माओवादी केन्द्र ले १२ वटै वडा तथा गाउँपालिका को अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको हो ।
माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा संपर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलो बाबु श्रेष्ठ (आवाज) र उपाध्यक्षमा सुमित्रा बस्नेत ( सुजिना ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।
एक हजार भन्दा बढी स्थानिय नेता ,कार्यकर्ता तथा शुभचिन्तकहरुले उम्मेदवारहरुलाई बाजागाजा सहित नवलपुर बजार परिक्रमा गराएर निर्वाचन कार्यलयमा पुगि मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवार बनेका दुवैजना माओवादी केन्द्रका प्रभावशाली नेता का रुपमा चिनिन्छन् ।
करीब १६ बर्ष सम्म सिन्धु काठमाडौं सम्पर्क समितिको नेतृत्व गरेका ठुलो बाबु श्रेष्ठ र १० बर्षे जनयुद्धमा कमाण्डरको भुमिका निर्वाह गरेकी सुमित्रा बस्नेतको उम्मेदवारी ले माओवादी केन्द्रको जितलाई शुनिश्चित गरेको आकलन स्थानियहरुले गरेका छन् ।
Views: 0