काठमाडौ महानगरपालिका वडा ४ मा न्याैपानेले टिकट पाएपछि जनता उत्साहित

२०७९ बैशाख १३, मंगलवार २३:१५ गते २०७९ बैशाख १३, मंगलवार २३:१५ गते २०७९ बैशाख १३, मंगलवार २३:१५ गते

काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका ४ वडा अध्यक्षमा राम प्रसाद न्यौपानेवडा अध्यक्ष मनोनयन दर्ता गरेपछि वडा वासी उत्साहित भएका छन् ।

वडामा आफूले चाहेजस्तो मान्छे अध्यक्ष हुने भएपछि पार्टीसमेत नहेरी मतदान गर्ने जनाएका छन् ।न्यौपाने लामो समयदेखि स्थानीयको सुखदुःखमा सहभागी हुँदै आएका छन् । उनको पार्टी नेपाली काङ्ग्रेस भए पनि अहिलेसम्म कसैलाई पार्टीगत आधारमा भेदभाव नगरेको गुण मान्छेले सम्झिरहेका छन् ।

उनले जनताकै चाहना र भावनाको सम्बोधन गर्नका लागि आफू वडा अध्यक्ष हुनुपरेको बताएका छन् । आज उम्मेदवारी दर्ता गरिरहँदा उनको पक्षमा ठुलो जनलहर देखिएको छ। हिजोका दिनमा बाहिर बसेर सहयोग गरेको सम्झँदै भने ‘ म तपाइहरुको नै प्रतिनिधि हुँ, म शासक होइन सेवक बन्न चाहन्छु ।’ न्याैपाने भनेजस्तै उनी साँच्चै वास्तविक रुपमा जनताको सेवक नै हुन् । कसैलाई दुःख परेको ठाउँमा उनी पुग्ने गर्छन् । आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्दै आएका उनले एक पटक सेवा गर्ने मौका दिन अनुरोध गरेका थिए ।

यसभन्दा अघि पनि वडा सदस्य उम्मेदवार रहेका उनले त्यतिबेला थोरै मतले मात्र हारेका थिए तर पनि जनताभन्दा कहिल्यै पनि टाढा रहेनन् । स्थानीयले समेत साझा व्यक्तिको रुपमा राम प्रसाद लाई बुझेका छन् ।वडा अध्यक्ष –राम प्रसाद न्यौपानेको टिममा सदस्य हरुमा सबित्री खनाल ,सन्जय श्रेष्ठ , शुबर्ण बहादुर सिलवाल र दलित बाट सिता दमाईले टिकट पाउनु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *