अवैध लागूऔषध गाँजा सहित पक्राउ

२०७९ बैशाख १४, बुधबार २१:२४ गते २०७९ बैशाख १४, बुधबार २१:२४ गते २०७९ बैशाख १४, बुधबार २१:२४ गते

काठमाडौं, १४ वैशाख – बारा, कलैया उपमहानगरपालिका-१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट
करिब २ सय केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५
वर्षीय अजित पासवान रहेका छन् । प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बागमती नगरपालिका-३ स्थित भित्रि सडकबाट करिब २ केजी अवैध
लागूऔषध गाँजा सहित बरहथवा नगरपालिका-३ हजरिया टोल बस्ने ४१ वर्षीय राम भजन
रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ग.५ प ३६२९ नम्बरको
मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जिरायतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा
चालक रामलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *