संगठनको हितको लागि निष्पक्ष भएर जिम्मेवारी वहन गर्नुपर्ने – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

२०७९ बैशाख १४, बुधबार २१:३६ गते २०७९ बैशाख १४, बुधबार २१:३६ गते २०७९ बैशाख १४, बुधबार २१:३६ गते

काठमाडौं, १४ वैशाख – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले संगठनको हितको
लागि विधि सम्मत रूपले इमान्दारीता, निष्ठा र पूर्ण व्यावसायिकतासाथ निष्पक्ष रही आ-
आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बुधबार
आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी प्रदेश कार्यालयका
प्रमुखहरू, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख
तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा
बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले एकै चरणमा हुन लागेको स्थानीय तह
निर्वाचनलाई शान्तिपूर्वक एवम् निष्पक्ष रुपमा सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले
आ-आफ्नो तर्फबाट पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । सबै प्रहरी
कर्मचारीहरू दरिलो हुन र निर्धक्क भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । सबै
प्रदेश प्रहरी कार्यालयहरुले एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम
गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा संगठनको हित तथा सुधारको
लागि सामूहिक रूपमा गरेको कार्यसम्पादनमा सबै प्रहरी कर्मचारीहरूले देखाएको
ऐक्यबद्धता एवम् निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो । संगठनको प्रणाली,
कार्यविधि, नीति लगायत संगठनको सुधारको निम्ति तयार गरिएको कार्ययोजना एवम्
मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीहरूको भूमिका रहने उल्लेख गर्दै उहाँले आगामी
दिनमा समेत स्वअनुशासन र चरित्र अंगिकार गर्दै थप क्रियाशील रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको
उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल
उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *