१५० किलो ग्राम अबैध लागू औषध गाँजा सहित २ जना पक्राउ

२०७९ बैशाख १४, बुधबार २१:४५ गते २०७९ बैशाख १४, बुधबार २१:४५ गते २०७९ बैशाख १४, बुधबार २१:४५ गते

मिति २०७९/०१/१४ गते बिहान अं. ०१:०० बजेको समयमा यस कार्यालय मातहत
प्रहरी चौकी मटिअर्वा बाराबाट खटीएको प्रहरी गस्ती टोलीले जिल्ला बारा कलैया उप-
महानगरपालिका वडा नं.१० निलकण्ठवा टोल स्थित नेपाल भारत सिमाना नजिकै
सडकमा १०/१२ जना व्यक्तिहरूको समूहले नेपालबाट भारततर्फ अवैध लागू औषध
गाजाँ बोकी लगी रहेको देखी निजहरूलाई नियन्त्रणमा लिन खोज्दा केही व्यक्तिहरू
आफु बोकी आएको लागू औषध गाँजाको पोका फाली भागी फरार भएको र त्यस
मध्येका निम्न स्थान बस्ने निम्न मानिसहरूलाई फेला परी पक्राउ गरी निजहरू समेतले
बोकी आएको प्रति पोका १५ किलो ग्रामको दरले १० वटा पोकामा रहेको १५० किलो
ग्राम लागू औषध गाँजा बरामद गरी बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा
पहिलो पटक दिन ५ को म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको।
पक्राउ परेका व्यक्तिहरू :-
१. देश भारत बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत
भटवलिया बस्ने वर्ष ३५ को अजित पासवान ।
२. ऐ.ऐ. बस्ने वर्ष ६० को रामदर्शन महतो ।

अबैध लागू औषध ट्याबलेट सहित १ जना पक्राउ;

मिति २०७९/०१/१३ गते दिउँसो अं.१२:०० बजेको समयमा प्रहरी चौकी मुसहर्वा
बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं.४ स्थित
सडकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका जिल्ला बारा जितपुर
सिमरा उ.म.न.पा.वडा नं. २ बस्ने वर्ष २० को अनिष श्रेष्ठलाई पिठ्युमा बोक्ने झोलाभित्र
लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध NITRAVET-10 लेखिएको ६०

(साठी) पिस ट्याबलेट फेला परेको हुँदा बरामद गरी बारा जिल्ला अदालतबाट लागू
औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *