२ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध सहित पक्राउ

२०७९ बैशाख १६, शुक्रबार ००:२३ गते २०७९ बैशाख १६, शुक्रबार ००:२३ गते २०७९ बैशाख १६, शुक्रबार ००:२३ गते

झापा, १५ वैशाख – बिर्तामोड नगरपालिका-३ घर भई सोही नगरपालिका-४ सयपत्री मार्ग डेरा गरी
बस्ने २६ वर्षीय प्रमोद शाहलाई २ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको
आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट
खटिएको प्रहरीले शाहको कोठा तलासी गर्दा उक्त पदार्थ, नगद ११ हजार ५ सय ४० रूपैयाँ
र ७ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बिर्तामोड नगरपालिका-४ स्थित न्यू होलीडे होटलबाट ९ ग्राम अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मेचीनगर नगरपालिका-१ बस्ने ३९ वर्षीय
ओम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय
अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ
सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *