नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९ बैशाख १६, शुक्रबार ००:३१ गते २०७९ बैशाख १६, शुक्रबार ००:३१ गते २०७९ बैशाख १६, शुक्रबार ००:३१ गते

काठमाडौं, १५ वैशाख – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय ४५
ट्याब्लेट नाईट्राभेट सहित धनुषा मिथिला नगरपालिका बस्ने २० वर्षीय शुभास कुमार
महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै
गरेको बा.प्र. ०३- ००१ ख २१३० नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको
प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको
हो ।

सिरहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ३७
एम्पुल, फेनारगन ३७ एम्पुल र डाईजेपाम ३७ एम्पुल सहित खोटाङ रुपाकोट मझुवागढी
नगरपालिका-१४ वुईपा बस्ने २५ वर्षीय मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । बा.२७ प
२४८४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच
गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

सर्लाही, बरहथवा नगरपालिका-२ हजरिया बजार बस्ने ६० वर्षीय जयलाल महतोलाई
करिब १ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ
गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हजरियाबाट खटिएको प्रहरीले
उनको घर तलासी गर्दा कोठाभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको
हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *