ठुलो पर्सेल देख्ने ऐना वृत्तचित्र सार्वजनिक

२०७९ बैशाख १६, शुक्रबार २१:०५ गते २०७९ बैशाख १६, शुक्रबार २१:०५ गते २०७९ बैशाख १६, शुक्रबार २१:०५ गते

काठमाडौँ । काभ्रैको तेमाल गाउँपालिका वडा नं. 6 ठुलो पर्सेलको वडा वृत्तचित्र सार्वजनिक भएको छ ।

तेमाल गाउँपालिका वडा नं. ६ र सारा मल्टिमिडिया प्रा. लि. बीच सहकार्यमा निर्माण गरेको ठुलो पर्सेल वृत्तचित्रले वडा नं. ६ मा भएको हालसम्मको विकासको बारेमा र अगामी विकासको परिकल्पनाकोबारेमा तयार परिएको वृत्तचित्र हो । यो वृत्तचित्रबाट ठुलो पर्सेलकोबारेमा जानकारी लिन चाहनेहरुकोलागि अति उपयोगी हुने छन् ।

ठुलो पर्सेल अन्य वडाहरु भन्दा विकासको गतिमा अगाडी नै छन् । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित विकुलाल तामाङले गाउँपालिकामा नै पहिलो प्रशासनीक वडा कार्यलय निर्माण सम्पन्न गरेर चर्चा कमाएको थियो । हाल ठुलो पर्सेलमा २४ वडा कच्ची सडक संजालहरु संचालनमा छन् भने सामुदायीक भवन, विद्यालय भवन, हस्पिटल भवन, पर्यटकहरुका लागि हेर्नका लागि पञ्च बुद्धको निर्माण, मठमन्दिरको निर्माणमा उपलब्धी मुलक हासिल गरेका छन् भने स्थानीय तहको अधिकारले दिए अनुसार सामाजिक सुरक्षा भत्ता लगाएत औषधी जन्य सामाग्री वितरणमा राम्रो परिणाम हासिल गर्न वडा अध्यक्ष सफल भएको छ ।

वडा अध्यक्ष विकुलाल तामाङको पाँच वर्षको कार्यकालमा भएको विकासकोबारेमा र अगामी आउने नयाँ वडा अध्यक्षले कस्तो खालको योजना निर्माण गर्न सकेमा ठुलो पर्सेलको साँच्चिकै विकास हुन सक्छ भन्ने मुल उदेश्यका साथ यो भिडियो निर्माण गरिएको छ ।

यो भिडियोमा ठुलो पर्सेलको हावापानी र भुगोलको पनि राम्रै चर्चा गरेका छन् ।

भिडियो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *