काठमाडौं, १६ वैशाख
मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ सेल्फिडाँडास्थित सडकमा ना.५ ख
२१४९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय निङ राम गुरुङको
बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मुक्तिनाथबाट जोमसोमतर्फ जाँदै गरेको
उक्त बसले ग.७ प २५७२ नम्बरको स्कुटर र पैदलयात्री समेतलाई ठक्कर दिई अनियन्त्रित
भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते
भएका बसमा सवार ३५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने स्कुटर
चालक उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ ।
चितवन, खैरहनी नगरपालिका-८ मगनी गाउँस्थित भित्री सडकमा टुंगराबाट
पर्सातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०१ ह १६२१ नम्बरको अटो आफै अनियन्त्रित भई
बिहीबार राति दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय लक्ष्मण
बछाईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज
भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0