काठमाडौं, १७ वैशाख – काठमाडौं महानगरपालिका-३२ भाटभाटेनीमा प्रदेश ३-०२-००५ प ५८७७
नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल
चालक काभ्रे उग्रतारा जनागल गाउँपालिका-७ बस्ने २२ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको
छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर मंहाकालमा उपचारको
क्रममा मृत्यु भएको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा ना.६ ख
२८०८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने रौतहट दुर्गाभवानी
गाउँपालिका-२ घर भएका ५० वर्षीय अमिर दासको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ग्वार्को ग्लोबल अस्पतालमा उपचारको क्रममा मृत्यु
भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१२ जर्के पुलस्थित सडकमा बा.७४ प ७४८२
नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल
चालक काभ्रे मण्डनदेउपुर नगरपालिका-६ तल्लो बजार बस्ने ४० वर्षीय इन्द्र बहादुर
खड्काको घटनास्थलमै मृत्यु भएको छ ।
सिन्धुली, तिनपाटन गाउँपालिका-५ नक्कलेस्थित सडकमा बागमती प्रदेश ०१-०२६
च ०४५६ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ६० मिटर तल खसेर शुक्रबार दिउँसो
दुर्घटना हुँदा गाडीमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा
कमलामाई नगरपालिका-७ माझिटार बस्ने ३२ वर्षीया रुपा मगर, तिनपाटन गाउँपालिका-
९ आम्बोटे बस्ने ५२ वर्षीय रामजी भण्डारी र हाल नाम, थर वतन नखुलेका अन्दाजी ३५
वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य २ जनाको प्राथमिक स्वास्थ्य केन्द्र
बेलघारी तथा गाडी चालकलाई थप उपचारको लागि विएण्डवि अस्पताल काठमाडौं
पठाइएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ शितल बजारमा ना.६ ख ९२५ नम्बरको
बसले प्रदेश ३-०२-०१० प ३९८५ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटर
चालक गोरखा आँपपिपल बस्ने ३० वर्षीय बिक्रम थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएको उनको उपचारको लागि राजमार्ग अस्पताल मलेखुतर्फ लैजाने क्रममा
बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ बनस्पतिस्थित सडकमा ना.१८ प
१२२६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक
सोही ठाउँ बस्ने राजकुमार पाख्रिनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0