युवा नेता तामाङको प्रतिबद्धाता – ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने

२०७९ बैशाख २०, मंगलवार २१:१५ गते २०७९ बैशाख २०, मंगलवार २१:१५ गते २०७९ बैशाख २०, मंगलवार २१:१५ गते

दोलखा – युवा नेता तामाङले जनप्रतिनिधि नहुँदा पनि वडास्तरिय आयोजनाहरुमा स्थानिय तहदेखी प्रदेश हुँदै केन्द्रिय स्तरबाट बजेटको पहल गरी वडाको विकासका लागि पहल गरेको थिए । आगामी दिनमा आफु जनप्रतिनिधि भएपश्चात अझ जोश जाँगरका साथ विकासका पुर्वाधारमा जोड दिने साथै भिमेस्वर ७ नम्बर वडा लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने प्रतिबद्धता जनाएका छन् ।

युवा नेता तामाङले भने, ‘आफु वडाको अध्यक्ष भए पश्चात वडामा सवैलाई सम्मान र समान अवसरका साथ वडाका सम्पुर्ण युवाहरुलाई समेटी युवा जोश जाँगरलाई आत्मासाथ गर्दे युवा लक्षित कार्यक्रम आयोजना गरी सवै युवाहरुको जोस र जाँगरलाई सहि ढंगले सहि ठाउँमा प्रयोग गर्दे उद्यमशिल बनाउने र भिमेस्वर ७ नम्बर वडालाई कृषि तथा पर्यटन साथै खेलकुद क्षेत्रमा पनि अगाडि बढाउन जोड दिने प्रतिबद्धाता जनाएका छन् ।’

युवा नेता तामाङको चुनावी प्रतिबद्धता:

आफु पनि राष्टिय तथा अन्तराष्टिय स्तरमा कराँते खेल खेलिसकेको र विगत लामोे समयदेखी कराँते प्रशिक्षक, फुुटवल क्षेत्रमा पनि विशेष योगदन सहित अनुभव प्राप्त गरेका युवा नेता तामाङ नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्ष समेत रहेकाले पनि वडाको खेल क्षेत्रलाई विशेष जोड दिई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गर्ने ।

वडा अध्यक्ष उम्मेद्धार युवा नेता तामाङले बालविकास कार्यक्रमअन्तर्गत बालबालिकाको चौतर्फी विकासको लागि विज्ञहरुको राय सल्लाह सुझावको आधारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने

महिला आर्थिक उत्थान कार्यक्रमअन्तर्गत गृहीणी महिलाहरुलाई लक्षित गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने

वडाबाट सञ्चालन हुने विभिन्न कार्यक्रमहरु विकास निर्माणको लागि गठन गरिने समितिमा ४५ प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरिने भएको छ ।

यस्तै, जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य उपचार तथा सेवा प्रदान गरिने

विकासका पुर्वधारलाई जोड दिँदै शिक्षा, स्वास्थ्य तथा सुविधायुक्त वडाको निर्माण गर्ने ।

स्थानिय युवाहरुलाई वडामै रोजगारिको सिर्जन गर्ने ।

कृषि क्षेत्रलाई मध्यनजर गर्दै कृषीलाई आधुनिकिकरण तर्फ अघि बढाउने ।

महिला तथा अन्य समुदायका मानिसका लागि विशेष कार्यक्रमको योजना ल्याउने ।

मौसम सुहाउँदो आकर्षक रुख विरुवाको रोपण कार्य अभियानको रुपमा सञ्चालन गरिने

“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने नारालाई हृदयत आत्मासाथ गर्दे भिमेस्वर ७ नम्बरको वडाध्यक्ष पदका लागि सर्वसम्मत चयन भएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *