अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्कका लागि विभागमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

२०७९ बैशाख २०, मंगलवार २१:२१ गते २०७९ बैशाख २०, मंगलवार २१:२१ गते २०७९ बैशाख २०, मंगलवार २१:२१ गते

नबराज सोती

बैशाख १९ काठमाडौँ ।ओपन सोसाइटी फाउन्डेसनको सहयोग एवम् नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजनामा तथा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्कका लागि केन्द्रिय तथ्यांक विभागमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय तथ्यांक विभागमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई बिकासको मूलाधारमा समाहित गर्नको लागि विश्वसनिय एवम् योग्य खण्डिकृत तथ्यांकको माग राख्दै नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका निर्देशक जगदीश प्रसाद अधिकारीले केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठलाइ ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।

राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव राजु बस्नेतले गणकहरुलाई तालिम दिने, अपाङ्गता भएका व्यक्तिहरुको सहि तथ्यांक प्राप्तीका लागि जनचेतना फैलाउने लगायतका बिषयहरुमा तथ्याकं विभागले महत्त्वपूर्ण भूमिका खेलेको साथै अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण रुपमा सहि तथ्यांक प्राप्तीका लागि वासिङटन ग्रुप प्रश्नावलीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।


राष्ट्रिय अपांग महासंघ नेपालका पुर्व अध्यक्ष विरेन्द्रराज पोखरेल, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष निर्मला धिताल, नेपाल नेत्रहिन संघका कार्यकारी निर्देशक नर बहादुर लिम्बु, राष्ट्रिय शारीरिक अपाङ्ग महासंघका अध्यक्ष वालकृष्ण गैरे, राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकार, नेपाल अपाङ्ग महिला सघंका महासचिव मिना पौडेल लगायतले अपाङ्गता भएका व्यक्तिहरुको सहि तथ्यांक अति नै आवश्यक भएकाले उनीहरुको छुट्टै तत्यांक संकलन गर्न केन्द्रिय तथ्यांक विभागलाई आग्रह गरेका थिए ।


कार्यक्रममा केन्द्रिय तथ्यांक विभागको तर्फबाट उपमहानिर्देशाक हेमराज रेग्मी, निर्देशक ढुन्डी राज लामिछाने, निर्देशक केशव कुमार गौतम, निर्देशक राजेश धिताल तथा तथ्याङ्क अधिकृत दिनानाथ लम्साल लगायतको उपस्थिति रहेको कार्यक्रममा केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले विगतको जनगणनाका अभ्यासलाई निरन्तरता दिदै अहिलेको जनगणनामा थप गृहकार्य गरेकाले विगतको भन्दा सहि आउने बिश्वाश व्यक्त गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको छुट्टै तथ्यांक सकंलनका लागि केन्द्रिय तथ्याङ्क विभाग सकारात्मक रहेको समेत बताउनुभएको थियो ।उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष रमा ढकाल ले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *