काठमाडौं, २० वैशाख
गोरखा, सिरानचोक गाउँपालिका-४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको
स्कारपियो गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा
गाडीमा सवार अजिरकोट गाउँपालिका-५ चनौटे बस्ने ५० वर्षीय देबी पोख्रेल लगायत ३
जनाको घटनास्थलमै मृत्यु भएको छ । रोकी राखेको अवस्थामा गाडीमा मानिस चढ्ने
क्रममा अचानक गाडी गुड्न गई दुर्घटना भएको बताइएको छ ।
मकवानपुर, बकैया गाउँपालिका-११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको
अवस्थामा अनटेष्ट लेखिएको लोडर अचानक पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा
चिनियाँ नागरिक ३७ वर्षीय झु मिङ्बाओ लगायत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु
भएको हो । साथै दुर्घटनामा घाइते भएका लोडर चालक समेत ३ जनाको सोही
अस्पतालमा उपचार भइरहेको छ ।
झापा, बाह्रदशी गाउँपालिका-५ सुवास टोलमा मे.१ त ६०१० नम्बरको
ट्याक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २७ वर्षीय बाबुराम हेमरनको सोमबार दिउँसो
मृत्यु भएको छ । ट्याक्टरबाट लड्दा ट्याक्टरको चक्काले किचेर गम्भीर घाइते भएका उनको
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), पाल्हीनन्दन गाउँपालिका-५ सिसहवामा लु.५१ प ४२१४
नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ५० वर्षीया भक्ति हरिजनको
सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट खस्दा गम्भीर घाइते भएकी उनको जिल्ला
अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ मैनिहवा चोकमा लु.३ त ८३३८ नम्बरको
ट्याक्टरको ठक्करबाट रुपन्देही लुम्बिनी सांकृतिक नगरपालिका-८ एक्ला बस्ने रामु गुप्ताको
छोरा १० वर्षीय गणेश गुप्ताको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते
भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त
ट्याक्टरको ठक्करबाट घाइते भएका साइकलयात्री कपिलवस्तु नगरपालिका-८ बस्ने १४
वर्षीय अरमान मुसलामको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, सुवर्ण गाउँपालिका-२ कवहीगोठस्थित सडकमा विआर ०५ एस ६७७५
नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय साहेब राय यादवको
सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल
कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
यसैगरी बारा, कलैया उपमहानगरपालिका-२५ सिसवनिया चोकमा हाल नम्बर
नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २०
वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, वर्जु गाउँपालिका-५ अमही वेलाहामा मे.१० प ६८१५ नम्बरको
मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक मोरङ विराटनगर
महानगरपालिका-१५ राम जानकी चोक बस्ने २४ वर्षीय रत्नेश धाडेवालको मृत्यु भएको छ
। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा
मृत्यु भएको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-८ अठियाबारीमा प्रदेश १-०२-०४२ प १६००
नम्बर र मे.७ प ६३७१ नम्बरका दुई मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ
दुर्घटना हुँदा मे.७ प ६३७१ नम्बरको मोटरसाइकल चालक गोबिन्दपुर-१ बस्ने ४५ वर्षीय
गणेश सिटौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको
अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै
मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १-
०२-०४२ प १६०० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0