काठमाडौं, २० वैशाख – काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-६ धुद्रा बस्ने ५५ वर्षीय मान बहादुर
दनुवारको सोमबार साँझ सोही ठाउँस्थित कन्के खोलाले बगाएर मृत्यु भएको छ । खोला तर्ने
क्रममा बगाएका उनको खोजी गर्ने क्रममा करिब २ किलोमिटर तल झिगु खोलाको किनारमा
शव फेला परेको हो ।
दाङ, बबई गाउँपालिका-४ हस्तनापुर बस्ने डल्ला परियारकी छोरी १६ वर्षीया
सन्ध्या परियारको सोमबार साँझ सोही ठाउँस्थित हस्तनापुर खोलाले बगाएर मृत्यु भएको
छ । खोलामा पानीको बहाब बढ्न गई उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका
प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरीले खोलाको छेउमा अशक्त अवस्थामा फेला पारी
उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएकोमा उपचारको क्रममा उनको
मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0