आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७९ बैशाख २०, मंगलवार २१:३० गते २०७९ बैशाख २०, मंगलवार २१:३० गते २०७९ बैशाख २०, मंगलवार २१:३० गते

नवलपरासी (पश्चिम), २० वैशाख – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा
रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति
प्रहरीले पक्राउ गरेको छ ।

बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल
परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु
भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले
बालगोबिन्दलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *