अवैध लागूऔषध सहित पक्राउ

२०७९ बैशाख २०, मंगलवार २१:३२ गते २०७९ बैशाख २०, मंगलवार २१:३२ गते २०७९ बैशाख २०, मंगलवार २१:३२ गते

काठमाडौं, २० वैशाख – धनुषा, सबैला नगरपालिका-१२ नहरचोकबाट करिब ५ केजी अवैध लागूऔषध
गाँजा सहित मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ३० वर्षीय किसुन देव यादवलाई
सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्र.२-०३-०१९ प १९४२ नम्बरको
मोटरसाइकललाई प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक
यादवलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ स्थितबाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध
लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी
नगरपालिका-९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी रहेका छन् । बिना नम्बरप्लेटको
मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले
जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *