सिन्धुपाल्चोक । स्थानियतहको निर्वाचनको मिति नजिकिदै जाँदा सिन्धुपाल्चोकको राजनैतिक बृतमा दिनहुँजसो नयाँ परिस्थितिहरु बन्दै गईरहेका छन् ।
कतै पार्टीबाट टिकट नपाएको झोकमा त कतै आफुअनुकुल योजना कार्यन्वयन गराउन नसक्ने अबस्था सृजना भएपछि पार्टी परिवर्तन गर्नेको संख्या बढेको छ ।
कार्यकर्ता तहबाट खादा माला लगाएर अर्को पार्टीमा जानु आउनु सामान्य जस्तै भए पनि बर्षै सम्म पार्टीमा योगदान पुर्याएका नेताहरुनै पार्टी परित्याग गरि अर्को पार्टीमा जानुलाई त्यो पार्टीभित्रको आन्तरीक अन्तरबिरोधको चरम अवस्था मान्न सकिन्छ ।


केहि समय अगाडी मात्रै बलेफी गाउँपालिका को एमालेबाट निर्वाचित अध्यक्ष केदार क्षेत्री सहितको ठुलो समुह एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
सोहि समुहका एक नेता सुवाश सन्दासले आज बिहानै आफ्नो फेसबुक वालमा ५७ दिने काँग्रेस संगको सहकार्य सकिएको घोषणा गरे ।
फेसबुक वालमा यस्तो लेखेको केहि बेरमै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादीमा स्वागत गरेको फोटोले सामाजिक संजाल रंगिएको छ ।
यो बिषयमा बिभिन्न प्रतिकृयाहरु समेत आउन थालेका छन् ।
पार्टी परित्याग गर्दै गर्दा सुन्दासले लगाएका आरोप यस्ता छन्

आजबाट नेपाली काङ्ग्रेसको ५७ औं दिनको यात्राबाट मुक्त भएको घोषणा गर्दछ।
बिगत २४ फाल्गुन २०७८ समग्र बलेफी गाउपालिकाको बिकास त्यसमाथी पनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब, श्रमजीवी बर्ग , महिला , दलित र पिछडिएका समुदायको खास मुद्दामा नेपाली काङ्ग्रेसले आगामी स्थानीय निर्वाचनमा जुन नेतृत्व गर्ने आशा र बिश्वासमा म लगायत मेरो नेतृत्वमा धेरै साथिहरु प्रवेश भएका थियौं ।आज यि सबै हाम्रो लागि फुस्रो आश्वासन र मनोगणन्ते प्रमाणित भएको छ। जुन उदाहरण उम्मेदवार छनौट गर्ने सन्दर्भमा जनातामाझ बर्षौबर्ष दुखसुखमा घुलमिल भएका र स्पस्ट बिकास योजना प्रस्तुत गर्न सक्ने होनहार कार्यकर्ता भन्दा पनि नेताको खास गोजिको पात्रलाइ मोटो रकमको लेनदेनमा टिकट खरिदबिक्रीले दिनको घाम झै छर्लङ्ग पारेको छ।
अब यस्तो किसिमले उम्मेदवारी हुने जोकोहीले कसरी बलेफिको बिकास र यहाको जनताको आवस्यकता खाचो र अभावलाई बोक्न सक्छ रु
कसरी उनिहरुलाइ हामि सबैको साझा उम्मेदवार भन्न सकिन्छ रु
कसरी बलेफी गाउपालिका र वडाहरु बिकासको मुहार फेर्छ रु
यी र यस्ता प्रस्नको जवाफ नेपाली काङ्ग्रेस भित्र बसेर दिने कुनै कोणबाट उचित ठान्न सकियन त्यसैले आजको मितिबाट नेपाली काङ्ग्रेसको साधरण सदस्य समेत नरहने स्व घोषणा गर्दछु।
मैले आजको दिन सम्म आइपुग्दा मेरो कारणले नसोच्दा नसोच्दै कोहिकसैको जिबनमा ठेस पुगेमा यसै मार्फत पनि भुलचुकमा गल्ती भएको भनी बुझिदिन पनि अनुरोध गर्दछु। र यति अफ्ट्यारो परिस्थितिहरुमा पनि म माथी साथ सहयोग बिश्वास गर्नुहुने समग्र प्रियजन प्रती सधै आभारी हुनेछु।
थप आगामी दिनहरु तपाइँहरुको सल्लाह सुझावलाई ख्यालमा राखी तपाइँहरुको नजिक रहेर अगाडी बड्ने उद्घोष पनि अनुरोध गर्दछु।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *