काठमाडौं, २१ वैशाख – भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय
विबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे
सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, सुरुङ्गा नगरपालिका-८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही
नगरपालिका-६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्
।
स्याङ्जा, आँधीखोला गाउँपालिका-२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली
सोही गाउँपालिका-५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा
फेला परेकी छन् ।
कपिलवस्तु, शिवराज नगरपालिका-५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर
गाउँपालिका-२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कास्की, अन्नपूर्ण गाउँपालिका-२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही
गाउँपालिका-२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला
परेका छन् । ओम प्रकाश र सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत
५ जना पोखरा महानगरपालिका-२३ हर्पनबाट अन्नपूर्ण-२ ठुलाचौर जाने क्रममा ओम
प्रकाश हराएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरी पोष्ट
बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0