काठमाडौं, २१ बैशाख – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने
४७ वर्षीय विकु बहादुर सुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ फागुन ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६
दिन कैद र २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले
भक्तपुर व्यासीबाट पक्राउ गरेको हो । सुवालको एनआईसी एसिया वैंक लिमिटेडमा रहेको
खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी
दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0