सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०७९ बैशाख २१, बुधबार २१:२१ गते २०७९ बैशाख २१, बुधबार २१:२१ गते २०७९ बैशाख २१, बुधबार २१:२१ गते

काठमाडौं, २१ बैशाख – काभ्रे, रोशी गाउँपालिका-११ डाला बेशीस्थित सडकमा यूपी ५८ टी ८१८१
नम्बरको मिनी बस र ना.१ ज ४२१० नम्बरको सुमो एकआपसमा ठक्कर खाई बुधबार
दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुमोमा सवार रामेछाप
चिसापानी नगरपालिका-८ घर भएकी ३५ वर्षीया सम्झना भुसाल, उनकै छोरा ७ वर्षीय
संगित भुसाल, सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ३१ वर्षीय बिक्रम श्रेष्ठ, सिन्धुली
सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ बस्ने
सुमो चालक ४५ वर्षीय हरि बहादुर बल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका
उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते
भएका अन्य १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको
अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्थामा सामान्य रहेको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका-१ सिंह बाहिनी चोक नजिक सडकमा रा.१ ख
१८३ नम्बरको ट्रकमा भे.१ स ९५६२ नम्बरक ई-रिक्सा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना
हुँदा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ४९ वर्षीया पिउली
धितालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानिय अस्पताल
ठाकुरबाबा पोलिक्लिनिक भुरिगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक र ई
रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *