मृत अवस्थामा फेला

२०७९ बैशाख २२, बिहीबार २२:४३ गते २०७९ बैशाख २२, बिहीबार २२:४३ गते २०७९ बैशाख २२, बिहीबार २२:४३ गते

काठमाडौं, २२ बैशाख – काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मनोहरा खोलाको किनारमा हाल नाम,
थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी काठमाडौं महानरगपालिका-१४ कलंकीस्थित रामेछाप होटल एण्ड
गेस्टहाउसमा सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका-५ घर भएका ३४ वर्षीय दावा पासाङ लामा
बिहीबार मृत अवस्थामा फेला परेका छन् । मंगलबारदेखि उक्त गेस्टहाउसमा बस्दै आएका उनी
सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

पर्सा, वीरगंज महानगरपालिका-२३ प्रसौनीस्थित बाटोमा हाल नाम, थर, वतन
नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, कुमाख गाउँपालिका-३ चिनाली बस्ने ४० वर्षीया तिलसरी घर्ती मगर
सिद्धकुमाख गाउँपालिका-४ स्थित खरबारीको गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला
परेकी छन् । सिद्धकुमाख गाउँपालिका-४ जातेखानेस्थित विवाहमा गएर घर फर्किने क्रममा उक्त
भीरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *