काठमाडौं २३ बैशाख / काठमाडौं उपत्यका भित्रको बुढानिलकण्ठ नगरपालिका र त्यहाँको वडा नम्बर १० जुन साच्चिकै नमुना वडाको रुपमा चिनिन्छ ।बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा बढी जनशंख्या र मतदाता भएको वडा नं १० मा निकै फराकिलो मतान्तर सहित वडा अध्यक्ष पदमा निर्वाचित भएका नवराज भट्टराईले ५ वर्षमा भएका कामहरुको विवरण बुझाउदै वडावासी संग मत मागिरहेका छन।
२०७४ साल जेष्ठ १० गते सपथ खाएर कार्यकालको प्रारम्भ गरेका भट्टराई र उनको टिमले ठुला पूर्वाधार देखि विविध रचनात्मक कामहरु सम्पन्न गरेको छ।
अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवारहरु मध्ये सबै भन्दा कान्छा वडा अध्यक्ष उम्मेदवार रहेका भट्टराईले जेष्ठ नागरिक सम्मान देखि युवा संजाल मार्फत युवा लक्षित दर्जनौ अभियान र कार्यक्रमहरु सम्पन्न गरेका छन।
२०७४ सालमा वडा सदस्य चन्द्रमान श्रेष्ठ ,र भुव प्रसाद रेग्मी ,महिला सदस्य रिता दाहाल र दलित महिला सदस्य दिलकुमारी विक संगै निर्वाचित भएका नेकपा एमाले केन्द्रीय प्रतिनिधि परिषद सदस्य नवराज भट्टराई यस पटक पनि अनुभवी श्रेष्ठ ,दाहाल र बिक संगै शशक्त नेत्री देवी रेग्मी सहितको टिम लिएर निर्वाचनको मैदानमा होमिएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का बासिन्दा हरुलाई अध्यक्षका प्रत्यासी भट्टराईको संदेश यस्तो छ :
यहाहरुको मायाको कारण मैले ५ वर्ष बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षको रुपमा काम गर्ने अवसर पाए । सिमित स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सुन्दर १० वडा बनाउने अभियानमा यहाहरुको साथ र सहयोगको लागि हृदयदेखी आभार व्यक्त गर्दछु । एक राजनीतिक सिपाही सँगसँगै पाएको जिम्मेवारीमा तापाईहरुको दाई, भाई , साथी , छोरो जहा जुन भुमिका रह्यो त्यही अनुसार काम गर्ने प्रयत्न गरे । अन्जानमा भएका केही कमी कमजोरी भए क्षमा माग्दै अब एक पटकको लागि पुन वडा नम्बर १० को वडा अध्यक्षको लागि उम्मेदवार भएको छु ।
शिक्षा,स्वास्थ्य जस्ता आधारभुत काम गर्नुको साथै
धुलोमुक्त सडक, क्यामेराको निगरानीमा बस्ती परिकल्पनालाई सार्थक बनाई हरेक क्षेत्रमा स्वस्थ र सुरक्षित अनुभूति मैले गर्नुछ । आश्वासन भन्दापनि परिणाममूखी काम हाम्रो प्राथमिकता रहदै आयो र रहन्छ । महिला स्वबलम्बन तथा युवा स्वरोजगारीमा साथै बालबालिका र जेष्ठनागरिकमैत्री कामको थालनी र त्यसको निरन्तरताको लागि गर्नुपर्ने कामहरुमा हाम्रो ध्यान निरन्तर जानेछ ।
Views: 0