काठमाडौं, २३ वैशाख – बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ६ ग्राम अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालई बिहीबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके बैजनाथ गाउँपालिका-३ बस्ने २३ वर्षीय कृष्ण
प्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका-९ बस्ने २४ वर्षीया दिपिका पुन रहेका छन् ।
भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प १४९७ नम्बरको मोटरसाइकललाई इलाका
प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच
गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक रेग्मी र मोटरसाइकलमा
सवार पुनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ ढकाल चोकबाट ८ सय २० मिलिग्राम
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय राजेन्द्र
कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट
खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0