काठमाडौं, २३ वैशाख – पाल्पा, तिनाउ गाउँपालिका-५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप
अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा
जिपमा सवार रामपुर नगरपालिका-३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठको घटनास्थलमै मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका-३ बस्ने ४६
वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि
बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । घाइते भएका जिप चालक उपचार
पश्चार डिश्चार्ज भएका छन् ।
पर्सा, ठोरी गाउँपालिका-३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक भारत पश्चिमी
चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको छ । दुर्घटनामा पुलमुनि खसेर
गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगंजमातर्फ लैजाने
क्रममा बाटोमै मृत्यु भएको हो ।
झापा, कनकाई नगरपालिका-३ नँया बस्तीस्थित सडकमा को.२३ प ४०४७
नंम्बरको मोटरसाइकल ना.६ ख ९०७९ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार राति दुर्घटना
हुँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय बुद्धकान्त
सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल
बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल
अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना चालक
हुँदा सोही गाउँपालिका-३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्र बहादुर याखाको घटनास्थलमै
मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0