काठमाडौं, २३ बैशाख – उदयपुर, रौतामाई गाउँपालिका-४ पोखरी बस्ने २३ वर्षीय तान बहादुर खड्का सोही
गाउँपालिका-२ निवारे खोला छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गाउँको
बिवाहमा जान्छु भनि वैशाख १९ गते हिडेका उनी बिहेमा पनि नगएको र घरमा पनि फर्की
नआएपछि खोजी गर्ने क्रममा उक्त खोलाको छेउमा उनको शव फेला परेको हो ।
बर्दिया, गेरुवा गाउँपालिका-१ सरखोल बस्ने ७५ वर्षीया राजमती थरुनी आफ्नै
घरबाट करिब ३ किलोमिटर टाढा बगहिपुरस्थित कर्णाली नदीबाट सिचाईको लागि
बनाएको कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
अर्घाखाँची, सितगंगा नगरपालिका-१३ छत्याङ बस्ने चेत बहादुर बिकको छोरा १२
वर्षीय मनोज बिक आफ्नै घरबाट ४ सय मिटर टाढा जंगलमा शुक्रबार मृत अवस्थामा फेला
परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0