विभिन्न हातहतियार सहित दुई जना पक्राउ

२०७९ बैशाख २४, शनिबार १९:५१ गते २०७९ बैशाख २४, शनिबार १९:५१ गते २०७९ बैशाख २४, शनिबार १९:५१ गते

बारा, २४ वैशाख – सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको
गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड
सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी थाना घोडासहन
ग्राम पंचायत लौखान-१ बस्ने २३ वर्षीय पप्पु कुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने
२१ वर्षीय अकलेश कुमार सिंह रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको
मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागंज
पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त
हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *