अवैध लागूऔषध सहित पक्राउ

२०७९ बैशाख २५, आईतवार २१:०७ गते २०७९ बैशाख २५, आईतवार २१:०७ गते २०७९ बैशाख २५, आईतवार २१:०७ गते

काठमाडौं, २५ बैशाख – सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानस्थित सार्वजनिक शौचालय नजिकबाट
करिब ३ ग्राम २३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २०
हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रदिप माझीलाई शनिबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको
प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ बसपार्कबाट करिब ४ सय ४० मिलिग्राम अवैध
लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-२ मनकामना चोक बस्ने
१८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय
कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट करिब ३६ ग्राम ५० मिलिग्राम
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले
पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ कुण्डा बस्ने ४१ वर्षीय अजय बिष्ट र
सोही नगरपालिका-८ कानपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा युपि २६ एसि
५०६० नम्बरको मोटरसाइकल रोकी बसिरहेको अवस्थामा उनीहरूलाई ईलाका प्रहरी
कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको
पदार्थ फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *