सवारी दुर्घटनामा ५ जनाको मृत्यु

२०७९ बैशाख २५, आईतवार २१:१८ गते २०७९ बैशाख २५, आईतवार २१:१८ गते २०७९ बैशाख २५, आईतवार २१:१८ गते

काठमाडौं, २५ बैशाख – दाङ, घोराही उपमहानगरपालिका-११ भाईरल रोडस्थित सडकमा हापुरबाट
घोराहीतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार
राति दुर्घटना हुँदा मोटरसाइकल चालक लमही नगरपालिका-९ रिहार बस्ने २४ वर्षीय सुनिल
चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान
प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-७ मुसहरी टोलस्थित धामिथान सुखापोखरीमा प्र-२-
०१-००१ त २००१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टिएर शनिबार
राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १९ वर्षीय शिव पौदारको घटनास्थलमै मृत्यु भएको
छ ।

सुनसरी, कोशी गाउँपालिका-३ जमुवास्थित सडकमा ना.४ ख ६८४० नम्बरको बसले
को.५ प ४००४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक
हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल
फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-१० शिवालय मन्दिर नजिकै सडकमा हाल एकिन
नम्बर नखुलेको गाडीको ठक्करबाट सोही महानगरपालिका-१० बस्ने धादिङ घर भएका ३६
वर्षीय दिपक सुनारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको
भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न गाडी र चालकको
प्रहरीले खोजी गरिरहेको छ ।

रोल्पा, माडी गाउँपालिका-४ रिचावाङस्थित सडकमा रा.४ प ४८१ नम्बरको
मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल माडी खोलामा खसेर
शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक परिवर्तन गाउँपालिका-५ राङकोट बस्ने ३०
वर्षीय मनिपाल बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *