काठमाडौं, २५ वैशाख – कैलाली, भजनी नगरपालिका-३ कुस्मघाटबाट करिब ४ ग्राम ९ सय ४० मिलिग्राम
अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भजनी नगरपालिका-६ बसाह बस्ने
२५ वर्षीय अक्षय कुमार चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । से.६ प
४५७ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले
जाँच गर्ने क्रममा हेल्मेटभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, प्रसौनि गाउँपालिका-१ प्रसौनि बस्ने २२ वर्षीय बिकाश साह कानुलाई करिब ५
सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष
सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनको घर जाँच गर्ने
क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0